Haritalika TEEJ Celebration 2025

1000038495

नमस्ते पश्चिम अष्ट्रेलियावासी सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरू,

गैरआवासीय नेपाली संघ (NRNA) पश्चिम अष्ट्रेलिया अन्तर्गतको महिला फोरम नारी निकुञ्जले यस वर्षको हरितालिका तीज २० २५ को भव्य कार्यक्रम आयोजना गर्न लागेको सहर्ष जानकारी गराउँदछौं।

आउनुहोस्, हाम्रो महान सांस्कृतिक पर्व तीजलाई सँगै मिलेर नाचगान, मनोरञ्जन र शुभकामना आदानप्रदान गरी मनाऔं। यस कार्यक्रमलाई अझै अविस्मरणीय बनाउन नेपालबाट चर्चित कलाकारहरूले आफ्नो बेजोड प्रस्तुति दिनुहुनेछ।

🌟 हाम्रा कलाकारहरू:

 

कमला रेग्मी

शान्ता रानी परियार

रामजी खाँड

मिलन लामा

कार्यक्रमको विवरण:

📅 मिति: १७ अगस्ट २०२५, आइतबार

📍 स्थान: 12 Whyalla Street, Willetton 6155 WA

🎟️ टिकट: $२० (टिकटको लागि पोस्टरमा रहेको QR कोड स्क्यान गर्नुहोस्)

 

यस कार्यक्रमका प्रस्तुतकर्ता Everest Global Education/Visa हुनुहुन्छ। साथै, हाम्रा प्लाटिनम स्पोन्सर 3E GLOBAL Education & Migration, फुड पार्टनर Funky Momo, सामुदायिक सहयोगीहरू तथा अन्य सम्पूर्ण प्रायोजकहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौं।

हाम्रो संस्कृति र परम्परालाई जीवन्त राख्न आयोजना गरिएको यस कार्यक्रममा यहाँहरूको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं।

Share With Friends

Haritalika TEEJ Celebration 2025

17 Aug at 05:00 PM
12 Whyalla Street, Willetton, 6155 WA
NRNA Nari Nikunj WA